बितेको २४ घन्टामा कोरोनाको कारण स्पेनमा २४४ जनाको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण स्पेनमा आज २४४ जनाको मृत्यु भएको छ भने आजै स्पेनमा ३ हजार १२१ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै स्पेनमा कोरोना भाइरसको महामारीका कारण स्पेनमा २५ हजार ८५७ जनाको मृत्यु भएको छ भने २ लाख ५३ हजार ६८२ जनालाई संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ६१ हजार ५ सय ९१ जना मानिसको मृत्यु भइसकेको छ । भने ३७ लाख ७९ हजार६ सय १२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १२ लाख ७४ हजार ७ सय ९३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?