कोरोनाका कारण अमेरिकामा ७२ हजार ७ सय बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७२ हजार ७१६ जनाको मृत्यु भईसकेको छ भने १२ लाख ४१ हजार ४३० जनालाई संक्रमण भएको छ ।

आज मात्रै अमेरिकामा ४४५ जनाको मृत्यु भएको छ भने आजै ३ हजार ७९७ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १६ हजार १७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, विश्वभर अहिलेसम्म २ लाख ६० हजार २६२ जनाको मृत्यु भईसकेको छ भने ३७ लाख ६२ हजार ३०२ जनालाई संक्रमण भएको छ । १२ लाख ६८ हजार ११३ जना स्वास्थ्य उपचार पछि निको भएका छन् भने ४८ हजार ९६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?