युनाइटेड सिमेन्ट्सद्वारा राहत स्वरूप खाद्य सामग्री वितरण

काठमाडौं । के. एल. दुगड समूह अन्तर्गतको संस्था य़ुनाइटेड सिमेन्ट्स प्रा. लि. ले विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) रोगको जोखिम बाट बच्न अबलम्बन गरिएको लकडाउनका कारण विभिन्न स्थानमा निम्न आयश्रोत भएका मानिसहरु तथा दैनिक मजदुरी गरि जीविकोपार्जन गर्नुपर्ने बाध्यता भएका नागरिकहरुलाई यो समयमा राहतको एकदमै आवश्यकता रहेकोले युनाइटेड सिमेन्ट्सले गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिका को केही स्थानमा खाद्य सामाग्री वितरण गरेको छ ।

पुरा विश्व नै आक्रान्त रहेको अवस्थामा आफ्नै देशको जनतालाई केहि हद सम्म भएपनि यो राहतले उनीहरुको घाउमा मलहम लगाउने काम गरेको उद्योगको ठम्याई रहेको छ ।

यस किसिमको सामाजिक दायित्वको काम विगतमा पनि यो संस्थाले गरेको र भविष्यमा पनि आवस्यकता अनुसार गरिरहने प्रतिवद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?