कोरोनाको प्रकोप : अमेरिकामा एकैदिन २३ सय भन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व त्रस्त बनेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ५८ हजार ३३८ जनाको मृत्यु भईसकेको छ भने ३७ लाख २७ हजार ८०२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १२ लाख ४२ हजार ३४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४९ हजार २४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अहिलेसम्म ७२ हजार २७१ जनाको मृत्यु भईसकेको छ भने १२ लाख ३७ हजार ६३३ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा १६ हजार १७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कमा यो समाचार तयार पार्दासम्म २५ हजार २०४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ३० हजार १३९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा ८ हजार २९२ जनाको मृत्यु भएको छ भने १ लाख ३१ हजार ७०५ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा मंगलवार मात्रै २४ हजार ७९८ जनालाई संक्रमण भएको छ भने मंगलवार नै २ हजार ३५० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?