पोखरा । तमु प्ये ल्हु सङ्घले गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित कोरोना नियन्त्रण तथा उपचार कोषमा एक लाख ३५ हजार रुपैयाँ जम्मा गरेको छ ।
सङ्घले सामाजिक उत्तरदायित्वअन्तर्गत मङ्गलबार उक्त रकम बराबरको चेक प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष हितकाजी तमुुलगायतको उपस्थिति थियो ।
सङ्घले पोखरा महानगरपालिकाको राहत कोषमा पनि रु ७५ हजार बराबरको चेक महानगरका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेको छ ।रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया