काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर २ लाख ५५ हजार १ सय ७६ जनाको ज्यान गइसकेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वभर ३६ लाख ९० हजार ९ सय ४९ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने उनीहरु मध्ये ४९ हजार ६ सय ९ जना मानिसको अवस्था गम्भीर रहेको रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै कोरोना उपचारपछि निको भएर घर फकिनेको संख्या १२ लाख २१ हजार ८२ जना रहेका छन् ।
छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण हालसम्म १ हजार ५ सय ७१ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण भारतमा ५ जनाको ज्यान गइसकेको तथा ३९ जना थप कोरोना संक्रमित थपिएका छन् ।
हालसम्म भारतमा १२ हजार ८ सय ४९ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । साथै हालसम्म भारतमा कोरोना संक्रमितको अवस्था सामान्य रहेको पनि वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै भारतमा हालसम्म ११ लाख ९१ हजार ९ सय ४६ वटा कोरोना परीक्षण गरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया