कोरोना अपडेट: विश्वभर ३६ लाख ९० हजार बढीमा संक्रमण, कुन देशको अवस्था कस्तो ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर २ लाख ५५ हजार १ सय ७६ जनाको ज्यान गइसकेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वभर ३६ लाख ९० हजार ९ सय ४९ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने उनीहरु मध्ये ४९ हजार ६ सय ९ जना मानिसको अवस्था गम्भीर रहेको रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै कोरोना उपचारपछि निको भएर घर फकिनेको संख्या १२ लाख २१ हजार ८२ जना रहेका छन् ।

कोरोनाको कारण हालसम्म सबैभन्दै बढी अमेरिकामा कोरोना संक्रमित तथा मृतक रहेका छन् । अमेरिकामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७० हजार ७ सय ६१ रहेको छ भने हालसम्म अमेरिकामा १२ लाख २१ हजार ६ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । साथै ८ हजार ८ सय २० जनामा बितेको २४ घण्टामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म अमेरिकामा कोरोना परीक्षण गराउनेको संख्या ७५ लाख ९१ हजार ५ सय ९४ पुगेको छ । त्यस्तै १ लाख ८९ हजार १ सय ६४ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण बितेको २४ घण्टामा १ सय ८५ जनाको ज्यान गइसकेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म त्यहाँ २ लाख ५० हजार ५ सय ६१ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् भने २५ हजार ६ सय १३ जना मानिसको कोरोना ज्यान गएको छ ।

त्यस्तै इटालीमा कोरोनाको कारण हालसम्म २९ हजार ३ सय १५ जना मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म २ लाख १३ हजार १३ जना मानिस कोरोना संक्रमणको शिकार भएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा त्यहाँ थप १ हजार भन्दा बढीमा कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बेलायतमा कोरोनाको कारण हालसम्म २९ हजार ४ सय २७ जना मानिसको ज्यान गइसकेको छ । त्यस्तै हालसम्म बेलायतमा कोरोनाको कारण १ लाख ९४ हजार ९ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बितेको २४ घण्टामा ४ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको र ६ सय ९३ जनाको ज्यान गइसकेको छ ।
हालसम्म बेलायतमा संक्रमित मध्ये १ हजार ५ सय ५९ जना मानिसको अवस्था गम्भीर रहेको छ । भने १२ लाख ९१ हजार ५ सय ९१ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यस्तै फ्रान्समा बितेको २४ घण्टामा कोरोनाको कुनैपनि असर देखिएको छैन् । जहाँ हालसम्म १ लाख ६९ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । भने कोरोनाको कारण त्यहाँ २५ हजार २ सय १ जना मानिसको मृत्यु भइसकेको छ ।

अर्काे मुलुक जर्मनीमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ६ हजार ९ सय ९३ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । भने हालसम्म १ लाख ६६ हजार ४ सय ९० जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण हालसम्म १ हजार ५ सय ७१ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण भारतमा ५ जनाको ज्यान गइसकेको तथा ३९ जना थप कोरोना संक्रमित थपिएका छन् । हालसम्म भारतमा १२ हजार ८ सय ४९ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । साथै हालसम्म भारतमा कोरोना संक्रमितको अवस्था सामान्य रहृेको पनि वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै भारतमा हालसम्म ११ लाख ९१ हजार ९ सय ४६ वटा कोरोना परीक्षण गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?