काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर २ लाख ५५ हजार १ सय ७६ जनाको ज्यान गइसकेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म विश्वभर ३६ लाख ९० हजार ९ सय ४९ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने उनीहरु मध्ये ४९ हजार ६ सय ९ जना मानिसको अवस्था गम्भीर रहेको रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
साथै कोरोना उपचारपछि निको भएर घर फकिनेको संख्या १२ लाख २१ हजार ८२ जना रहेका छन् ।
कोरोनाको कारण हालसम्म सबैभन्दै बढी अमेरिकामा कोरोना संक्रमित तथा मृतक रहेका छन् । अमेरिकामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७० हजार ७ सय ६१ रहेको छ भने हालसम्म अमेरिकामा १२ लाख २१ हजार ६ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । साथै ८ हजार ८ सय २० जनामा बितेको २४ घण्टामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म अमेरिकामा कोरोना परीक्षण गराउनेको संख्या ७५ लाख ९१ हजार ५ सय ९४ पुगेको छ । त्यस्तै १ लाख ८९ हजार १ सय ६४ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया