उच्चस्तरीय समितिको बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं । मंगलवार बसेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गठित उच्चस्तरीय समितीको बैठक सकिएको छ । उक्त बैठकले लकडाउन कायम राख्न सरकारलाई सिफारिस गरेको छ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न समितीको बैठकले लकडाउन कति दिन लम्ब्याउन्ने भन्नेबार मन्त्रिपरिषद्लाई निर्णय गर्ने जिम्मा दिएको स्रोतले जनाएको छ ।

उक्त बैठकपछि सन्चारकर्मीसँग बोल्दै मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिँडारीले सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको बताए । ‘कोही पनि व्यक्ति र नागरिक हाम्रो मुलुकमा कोरोनाबाट मृत्युबरण गर्न नपरोस् भनेर अहिले अख्तियार गरेको नितिलाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको छ’ बैठकपछि सचिव विडारीले बताए ।

साथै लकडाउनबारे भने भोली अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने उनले जानकारी दिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?