कोरोनाको प्रकोप : रुसमा आजमात्रै ९५ जनाको मृत्यु, १० हजार भन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख ५२ हजार ७४७ जनाको मृत्यु भएको छ भने ३६ लाख ६३ हजार २२२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १२ लाख ५ हजार ६५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४९ हजार ६५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच रुस पछिल्लो समय कोरोना भाइरसको टार्गेट बन्दै गएको छ । रुसमा आज पनि १० हजार १०२ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ९५ जनाको मृत्यु भएको छ ।

रुसमा अहिलेसम्म १ हजार ४५१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५५ हजार ३७० जनालाई संक्रमण भएको छ । त्यस्तै रुसमा २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

रुसमा आइतवार १० हजार ६३३, सोमवार १० हजार ५८१ जना नयाँ संक्रमित थपिएका थिए । रुसमा आईतवार ५८ जना र सोमवार ७६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?