काठमाडौं । हामीले सायदै फिल्ममा मात्र युएफओ देखेका होलाउँ । तर अहिले अमेरिकाका विभिन्न शहरमा युएफओ देखिएको बताइरहिएको छ । अमेरिकाको टेक्सासमा आकाशमा अनौठो प्रकाश देखिएको छ ।
जसका कारण मानिसहरु अत्याधिक डराएका छन् । गएको दिन अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनबाट अज्ञात युएफओका तीन भिडियो जारी गरेको थियो ।
शहरमा राती अबेरसम्म तीन प्रकारका प्रकाश देखिएको बताइएको छ । उक्त प्काशहरु कहिले नजिक आउँथे त कहिले एक बाट अर्कोको दूरी टाढा बनाउँथे ।
उक्त प्रकाश देखेपछि युएफओ भएको आशंका गरिएको छ । केहि समय पहिला नेवाडाको आकाशमा पनि एलियनको विमान देखिएको थियो ।
उक्त कुरा त्यहाँका पूर्व सिनेट तथा डेमोक्र्याटिक पार्टीका नेता ह्यारी रीडले आफ्नो ट्वीटरमा उक्त कुरा शेयर गरेका थिए ।
एजेन्सीको सहयोगमा
https://youtu.be/HO1ng7Qz9AE
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया