ग्लोकल आफ्टर स्कुलद्वारा अनलाईन हाजिरीजवाफ प्रतियोगिताको लागि आवेदनको घोषणा

काठमाडौं । ग्लोकल आफ्टर स्कूलले नलेज म्यास्ट्रो एसईई इडिसन अन्तर्गत ३ दिने निशुल्क अनलाईन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्ने भएको छ ।

लकडाउनको कारण घरमा नै बसिरहेका एसईई दिन तयार भएका विध्यार्थी वर्गहरुलाई लक्षित गरि आयोजना गर्न लागेको स्कुलले जनाएको छ ।

साथै खाली समयमा आफ्नो पढाइलाई अभ्यास गराउन र बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले प्रतियोगिता आयोजना गर्न लागिएको हो । काठमाडौं वल्ड स्कुलको सहकार्यमा ग्लोकल आफ्टर स्कूलले नलेज मेस्ट्रो एसईई ईडिसन को आयोजना गर्न लागिएको जनाईएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/05/glocal-school.pdf” title=”glocal school”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?