काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ५२ हजार ४०८ जनाको मृत्यु भएको छ भने ३६ लाख ४६ हजार २२५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १२ लाख २०३ जना उपचार पछि निको भएका छन् भने ४९ हजार ६३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच पछिल्लो समय कोरोना भाइरसको टार्गेट बन्दै गएको मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार २७१ जनाको मृत्यु भएको छ भने २४ हजार ९०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ आज मात्रै १ हजार ४३४ जना नयाँ संक्रमित थपिएका छन् भने आज मात्रै मेक्स्किोमा ११७ जनाको मृत्यु भएको छ ।
मे महिनामा मेक्सिकोमा १ मे मा १ हजार ४२५, २ मे मा १ हजार ५१५, ३ मे मा १ हजार ३४९ र ४ मे मा १ हजार ३८३ जनालाई संक्रमण भएको छ । त्यस्तै १ मे मा १२७, २ मे मा ११३, ३ मे मा ८९ र ४ मे मा ९३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया