अमेरिकामा कोरोनाको प्रकोप जारी : एकैदिन १३ सय भन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ५२ हजार ४०७ जनाको मृत्यु भएको छ भने ३६लाख ४६ हजार २०१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १२ लाख १७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४९ हजार ६३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरुसको महामारीबाट अति प्रभावित देश अमेरिकामा अहिलेसम्म ६९ हजार ९२१ जनाको मृत्यु भईसकेको छ भने १२ लाख १२ हजार ९०० जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ६५ जना नयाँ संक्रमित थपिएका छन् । १६हजार ५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म १ लाख ८८ हजार ६८ जना उपचार पछि निको भएका छन् ।

अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २४ हजार ९४४ जनाको मृत्यु भएको छ भने ३ लाख २७ हजार ३७४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा ७ हजा ९५१ जनाको मृत्यु भएको छ भने १ लाख २९ हजार ३४५ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा सोमवार २४ हजार ७१३ जना नयाँ संक्रमित थपिएका छन् भने सोमवार नै १ हजार ३८९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?