नेपालमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, ८२ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप ७ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । उनीहरु सबै नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुषहरु रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षीया महिलाहरु रहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा एकैदिन १५ जना कोरोना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?