कोरोना विश्व अपडेट: २ लाख ५० हजार नाघे मृतक, कतिको अवस्था गम्भीर ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण हालसम्म २ लाख ५० हजार २ सय १९ जना मानिसको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म विश्वभर ३६ लाख १४ हजार ६ सय ९८ जना मानिसमा कोरोना भाइसरको संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म संक्रमित मध्ये २ प्रतिशत अर्थात ५० हजार ३४ जना मानिसको अवस्था गम्भीर रहेको छ । भने हालसम्म ११ लाख ७७ हजार २ सय ५९ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोनाको कारण हालसम्म ६९ हजार ६४ जना मानिसको ज्यान गइसकेको छ । हालसम्म १२ लाख ७ स ९४ जनामा संक्रमण देखिएको अवस्थामा आजै मात्र त्यहाँ १२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यस्तै संक्रमित मध्ये १६ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको पनि तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्काे मुलुक स्पेनमा हालसम्म कोरोनाको कारण २५ हजार ४ सय २८ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ४८ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण त्यहाँ १ सय ६४ जना मानिसको ज्यान गइसकेको छ ।

त्यस्तै इटालीमा यो समाचार तयार पार्लासम्म २ लाख ११ हजार ९ सय ३८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ । र आजैमात्र त्यहाँ कोरोनाको कारण १ सय ९५ जनाको ज्यान गएको तथा १ हजार २ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेलायतमा कोरोनाको कारण हालसम्म २८ हजार ७ सय ३४ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म १ लाख ९० हजार ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने संक्रमित मध्ये १ हजार ५ सय भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

अर्काे मुलुक फ्रान्समा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म फ्रान्समा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २४ हजार ८ सय ९५ पुगेको छ । त्यस्तै हालसम्म त्यहाँ १ लाख ६८ हजार ६ सय ९३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै जर्मनीमा कोरोनाको कारण हालसम्म ६ हजार बढीको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रसियामा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण १ हजार ३ सय ५६ जना मानिसको कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ । भने हालसम्म त्यहाँ १ लाख ४५ हजार २ सय ६८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनको संख्या १ हजार ३ सय ९५ पुगेको छ । भने हालसम्म त्यहाँ ४२ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । र आज मात्रै भारतमा कोरोनाको कारण थप ४ जनाको ज्यान गइसकेको छ । साथै आजैमात्र त्यहाँ ३३१ जना थप कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ३ हजार ७ सय ६७ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । साथै त्यहाँ यो समाचार तयार पार्दासम्म ५९ हजार ८ सय ५८ जना मानिस कोरोना संक्रमणको शिकार भइसकेका छन् । भने २५ हजार बढी मानिस कोरोना उपचारपछि निको भएर घर फर्किसकेको तथ्यांकले देखाएको छ ।

त्यस्तै स्वीजरल्याण्डमा हालसम्म कोरोनाको कारण १ हजार ७ सय ७९ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म त्यहाँ २९ हजार ९ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?