भारतमा रहेका नेपालीलाई घर नफर्किन आग्रह गर्दै दूतावासले निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौं । भारतस्थित नेपाली दुतावासले भारतमा गइ बसेका नेपालीहरुलाई जहाँ हो त्यहि बस्नको लागि आग्रह गरेको छ । सोमवार एक विज्ञप्ती जारी गर्दै सीमा नाका खुलेको भ्रममा परेर नेपाल फर्कने प्रयास नगर्न आग्रह गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सीमानाका बन्द रहेकाले कसैको भ्रामक सूचनाकोपछि लागि नेपाल जाने प्रयास नगर्नु हुन र आधिकारिक सूचनामा मात्रै विश्वास गर्न अनुरोध गर्दछौं ।’

नेपालबाट छिमेकी देश भारतमा धेरै मानिसहरु रोजगारीमा गएका छन् । लकडाउनले गर्दा विभिन्न कामका लागि भारत पुगेका ठूलो संख्यामा नेपालीहरू अलपत्र अवस्थामा रहेको छन् । र सरकारले जारी गरेको लकडाउनको समयमा नै हिडेर आइरहेका छन् । यसै सन्दर्भमा दूतावासले एक विज्ञप्ती जारी गर्दै भारतमा रहेका नेपालीहरुलाई त्यस्तो अपिल गरेको हो ।

लकडाउनको कारण त्यहाँ रहेका नेपालीहरुले दुख पाएको कुरामा जानकार रहेको कुरा उद्धृत गर्दै समस्या परेमा सम्पर्क गर्नका लागि अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?