कोरोना संक्रमण पछि निको भएकाहरुको ‘ब्लड’ प्रति लिटर १० लाख रुपैयाँमा बेचिँदै

कोरोना संक्रमण पछि निको भएकाहरुको ब्लड इन्टरनेटमा अवैध तरिकाबाट बिक्री भईरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोनाको उपचार तथा भ्याक्सीनको नाममा बिरामीको ब्लड डार्कनेटमा बेचिरहिएको छ ।

अष्ट्रेलियन नेशनल युनिभर्सिटी (ANU) को एक रिपोर्टमा यो कुराको खुलासा भएको हो । डार्कनेटमा राखिएको सेलर फरक-फरक देशमा शिपिंग गर्दै विदेशमा डेलीभरी गरिरहिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

डेली मेलका अनुसार, जीवन भरिको लागि कोरोनाबाट इम्युन बनाउने दाबीका साथ कोरोना संक्रमितको ब्लडलाई लाखौँ रुपैयाँमा बेचिरहिएको हो ।

संक्रमित पछि निको भएकाहरुको एक लिटर ब्लडको १० लाख रुपैयाँसम्म परेको छ । ब्लडका साथसाथै अवैध रुपमा पीपीई, मास्क, टेस्ट कीट सहित अन्य सामानहरु अत्याधिक मूल्यमा बिक्री भईरहेको बताइएको छ ।

अष्ट्रेलियाको नेशनल युनिभर्सिटीको रिपोर्टका अनुसार, थोरैमा पनि १२ फरक फरक डार्कनेट मार्केटमा यो सामान बेचिरहिएको छ ।

डार्कनेटमा यस्तो दाबी गरिएको छ कि, विश्वमा कोरोना भाइरसको उपचार गरिरहेका डाक्टरहरुको माध्यमबाट सामान प्राप्त गरिएको हो ।

बिक्रेताले ति सामानहरु फरक-फरक देशमा बेच्न तयार भएको बताएका छन् । धेरैजसो त्यस्ता प्रोडक्ट अमेरिका देखि केहि प्रोडक्ट युरोप, बेलायत र अष्ट्रेलियामा शिपिंगका लागि राखिएको थियो ।

कोरोनाबाट ठिक भएका बिरामीहरुको प्लाज्माको माध्यमबाट संक्रमितसँगको उपचारमा जोडिएका केहि रिपोर्ट आएपछि यसरी लाखौँ रुपैयाँमा कोरोनाको संक्रमण पछि निको भएकाहरुको रगत बेचिन थालेको हो । तर प्लाज्मा थेरापीको खतरा पनि छन्, र मानिसको ज्यान पनि त्यसबाट जान सक्ने वैज्ञानिकले बताएका छन् । प्रमुख रिसर्चर ब्रोडहर्स्टले महामारीका बेला केहि मानिसले अपराधिक तरिकाबाट पैसा कमाउने कोशिस गरेको बताएका छन् । आउने दिनमा यसको खतरा बढ्न सक्ने बताइएको छ । त्यसैले कडा मोनिटरिङको आवश्यकता रहेको छ, किनभने त्यसलाई बन्द गर्न सकियोस् ।

रोड ब्रोडहर्स्टले भने, हामीले पाएका छौँ कि, असुरक्षित भ्याक्सीन र एन्टीभाइरल औषधि पनि मानिसहरुले डार्कनेटमा बेचिरहेका छन् ।

भारी मात्रामा पीपीईको पनि बिक्री भईरहेको छ, किनभने बजारमा यसको कमी भईरहेको छ ।

त्यस्तै अष्ट्रेलियन इन्स्टीट्युट अफ क्रिमिनोलोजीका डेपुटी डाइरेक्टर रिक ब्राउनले यी सामानको बिक्रीले मानिसहरुको स्वास्थ्यलाई गम्भीर बनाउन सक्ने खतरा रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना ठिक भएकाहरुको रगतको मुल्य १० लाख प्रति लिटरमा बिक्रि भइरहेको छ । डाक्टर भन्छन्, प्लाज्मा रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । जुन पदार्थलाई रगतबाट छुट्याएपछि यो हलुका पहेँलो रङमा हुन्छ ।

शरीरमा आवश्यक पर्ने भागमा यसले प्रोटिन पुर्‍याउँछ । रगतमै पाइने एन्टीबडी पनि एक किसिमको प्रोटिन हो । यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?