काठमाडौं । कोरोना भाइरसको महामारी विश्वमा जारी नै रहेको छ । विश्वमा कोरोना भाइरसको महामारीका कारण २ लाख ४८ हजार ७७१ जनाको मृत्यु भएको छ भने ३५ लाख ८५ हजार ७११ जनालाई संक्रमण भएको छ ।
यसैबीच कोरोनाको महामारी झेलिरहेको भारतमा अर्काे नयाँ भाइरस देखा परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । भारतमा देखिएको अर्काे नयाँ भाइरसका कारण २५ सय सुँगुर मरेका छन् । भारतमा अफ्रिकी स्वाईन फ्लूको प्रकोप फेरी शुरु भएको बताइएको हो ।
भारतको असममा यति धेरै सुँगुरको मृत्यु भएपछि सरकारले भाइरसको टेस्टिङ शुरु गरेको छ । साथै असमले छिमेकी देशलाई पनि त्यसबारेमा सतर्क गराएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । असम सरकार संक्रमित सुँगुरको परिक्षणमा जुटेको छ ।
यदि यो खतरनाक भाइरसलाई नियन्त्रण गर्न सकिएन भने, धेरै सुँघुरको मृत्यु हुनसक्ने बताइएको छ । असम राज्यमा अफ्रिकी स्वाइन फ्लू फैलिएको पुष्टि भएको छ ।
अहिलेसम्म फ्लूका कारण २५ सय सुँगुरको मृत्यु भएको छ । असमको पशुपालन तथा पशुचिकित्सा मन्त्री अतुल बोराले भोपालको दी देशनल इन्स्टीट्युट अफ हाई सेक्युरिटी एनिमल डिजीजेजले अफ्रिकी ‘स्वाईन फ्लू’ भएको पुष्टि गरेको बताएका छन् ।
असम सरकारले २०१९ मा गरेको गणनाका अनुसार अहिले राज्यमा २१ लाख सुँगुर भएको तर अहिलेसम्म आईपुग्दा ३० लाख भईसकेको बताएको छ ।
बोराले भने, हामीले विशेषज्ञसँग कुरा गर्दा सुँगुरमा संक्रमण लागेपछि बच्ने सम्भावना नभएको बताएका छन्, अहिले सम्म धेरै संख्यामा नफैलिएको तर रोक्ने कदम नउठाए सुँगुरमा ठूलो खतरा रहेको छ ।
३०६ गाउँमा फैलियो ‘फ्लू’
पशु चिकित्सा मन्त्री अतुल बोराका अनुसार असमका ७ जिल्लाका ३०६ गाउँमा अफ्रिकी स्वाइन फ्लू देखिएको हो । सरकारले संक्रमित क्षेत्रको एक किलोमिटरसम्मको क्षेत्रमा रहेको सुँगुरहरुको स्याम्पल लिएर परिक्षण शुरु गरेको छ ।
चीनबाट आएको थियो अफ्रिकी ‘स्वाईन फ्लू’ भाइरस
पशुचिकित्सा मन्त्री अतुल बोराका अनुसार, यो भाइरस सुँगुरको मासु, आन्द्र, रगत र टिशुबाट फैलिन्छ ।
असम सरकारका अनुसार यो भाइरस अप्रिल सन् २०१९ मा पहिलोपटक अरुणाचल प्रदेशबाट नजिक चीनको शिजान्ग प्रान्तको एक गाउँबाट शुरु भएको थियो । र गएको हप्तामा मात्र भारतमा देखिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया