काठमाडौं । गत वर्षको ३१ डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको महामारी अहिलेसम्म आईपुग्दा विश्वका २१२ देशमा फैलिसकेको छ ।
अहिलेसम्म विश्वमा २ लाख ४८ हजार ५६७ जनाको मृत्यु भएको छ भने ३५ लाख ८२ हजार ८९२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ११ लाख ६० हजार १३१ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् भने विश्वमा ५० हजार ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच पछिल्लो समय रुस कोरोना भाइरसको टार्गेट बन्दै गएको छ । रुसमा अहिलेसम्म १ हजार ३५६ जनाको मृत्यु भएको छ भने १ लाख ४५ हजार २६८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ७६ जनाको मृत्यु भएको छ भने आज नै त्यहाँ १० हजार ५८१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ मे महिना यता १ मेमा ७ हजार ९३३, २ मा ९ हजार ६२३, ३ मा १० हजार ६३३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै मे महिना यता रुसमा १ मे मा ९६, २ मा ५३ र ३ मा ५८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया