ओमसाई पाथीभरा अस्पतालले गरायो सबै स्वास्थ्यकर्मी र कर्मचारीको जीवन बीमा

काठमाडौं । कोरोना भाइरसको जोखिमका विरुद्ध ओमसाई पाथीभरा अस्पतालले आफ्नो अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीको जीवन बीमा गराएको छ । ओमसाई पाथीभरा अस्पतालले १४६ जना चिकित्सक, नर्स र कर्मचारीको एक बर्षे जीवन बीमा गराएको हो ।

स्वास्थ्यकर्मीको मनोवल बढाउन जीवन बीमा गराइएको संचालक समाजसेबी बालकुमार पोखरेलले बताए । कोरोना महामारीबीच सर्वसाधारणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीसँग वैशाख २० गतेदेखि लागू हुनेगरी जीवन बीमा गरिएको जानकारी दिए ।

बीमावापत एक वर्षको ३ लाख ८३ हजार बीमा कम्पनीलाई भुक्तानी गरिएको उनले बताए । बीमामा भएको व्यवस्था अनुसार बीमा अवधिमा कालगतिले मृत्यु भएमा ५ लाख, कोरोना र अन्य दुर्घटनाबाट मृत्यु भएमा १० लाख रकम परिवारका सदस्यले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?