प्युठान । लकडाउन लम्बिएसंँगै जिल्लाका पर्यटन, रेष्टुरेण्ट, खाजा, होटल व्यवसायी तथा उद्योगी बढी मारमा परेका छन् । जिल्लाका नौ वटै स्थानीय तहमा होटल व्यवसायी संघमा आबद्ध करीब ६५० होटल व्यवसायी रहेको संघका अध्यक्ष गञ्जबहादुर थापाले बताए। उनका अनुसार गत चैत १० गतेदेखि नै जिल्लाका होटल व्यवसायीले व्यवसाय बन्द गरिसकेका छन् ।
कोरोना भाइरसको त्रासले जिल्लामा भित्रिने व्यक्ति तथा विभिन्न सभासम्मेलन र पर्यटकको आवागमन ठप्प हुँदा होटल व्यवसाय ओरालो लागेको जिल्लाका होटल व्यवसायी बताउँछन् ।
होटल सञ्चालनका लागि जिल्लामा धेरै व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकाले बैंकको ब्याज मिनाहा भएमा केही थप सहज हुने थापाले बताए।
जिल्लाका करीब दुई सय होटल भाडाकै घरमा सञ्चालित छन् । प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा रहेको जिल्लाकै ठूलो होटल आयुष्माका लेखापाल केशर खड्काले कोरोनाका कारण चैत १० गतेदेखि होटल बन्द गरिएको बताए। उनका होटल बन्दसँंगै त्यहाँका दैनिक १४ कर्मचारीको काम रोकिएको छ ।
होटल आयुष्माले मासिक रु एक लाख १० हजार घरभाडा तिर्दै आएकामा अहिले व्यवसाय बन्द हुँदा घर भाडा कसरी तिर्ने भन्नेमा चिन्ता बढेको लेखापाल खड्काले बताए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया