रोग प्रतिरोधात्मक औषधि वितरण शुरु

प्युठान । प्युठानका क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधि वितरण शुरु गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न स्थानीय तहका सबै क्वारेन्टाइनमा औषधि वितरण शुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले जनाएको छ ।

सो-अनुसार मल्लरानी गाउँपालिका–४ का दुई क्वारेन्टाइनमा बस्दै आएका २४ व्यक्तिलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको छ ।

त्यहाँका होम क्वारेन्टाइनमा रहेका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक औषधि वितरण गरिने र आवश्यक परेमा तनाव व्यवस्थापनसम्बन्धी मनोविमर्श सेवा प्रदान गरिने निमित्त कार्यालय प्रमुख शिशिर पोख्रेलले बताए ।

प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि गुडुची, पाखनवेद, अमलालगायत मिश्रणबाट बनाइएको धुलो चिया जस्तै पकाएर खान सकिने उनको भनाइ छ ।

प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको निर्देशननुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोभिड –१९ रोकथाम तथा व्यवस्थापनसम्बन्धी स्रोत सामग्री २०७७ कार्यान्वयनबमोजिम कार्यक्रम सञ्चालन गरिएको निरीक्षक टुकबहादुर रोकाले जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?