सरकारले अग्रपंक्तिमा खटिनेलाई भत्ता दिने भनेर अझै दिएन

सरकारले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतका कर्मचारीलाई लकडाउन भएको डेढ महिना हुन लाग्दा पनि घोषित प्रोत्साहन भत्ता दिन सुरु गरेको छैन ।
मन्त्रिपरिषद्ले चैत तेस्रो साता कोभिड १९ नियन्त्रण र उपचारमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुुरक्षाकर्मीलाई प्रोत्साहन गर्न र मनोबल बढाउन भत्ता दिने निर्णय गरेको थियो ।
अग्रपंक्तिमा खटिएका कर्मचारीले अरु कर्मचारी सरहमात्रै चैतको तलब पाएका छन् । कान्तिपुर दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?