किम सार्वजनिक भएपछि ट्रम्प खुसी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमा उपस्थित उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन स्वस्थ देखिएको भन्दै खुसी व्यक्त गरेका छन् ।
किम करिव तीन सातापछि पहिलो पटक शुक्रबार सार्वजनिक रुपमा देखिएका विवरण सार्वजनिक भएको थियो । उत्तर कोरियाली समाचार संस्थाले किम राजधानी नजिकैको एक मल काराखानाको उद्घाटन गरेको भन्दै तस्बिर सार्वजनिक गरेको थियो ।
तस्बिरमा किम महिनीसहित अन्य वरिष्ठ अधिकारीसँग कुराकानी गरिरहेका देखिन्थे । एजेन्सीलाई उदृत गर्दै कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?