काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म २ लाख ४७ हजार ५४ जना मानिसको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म ३५ लाख ४० हजार ३ सय ५४ जनामा संक्रमित देखिएको छ । भने ११ लाख ४७ हजार ६ सय ९ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संकमित मध्ये ५० हजार १ सय ८५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
विश्वमा हालसम्म कोरोनाको कारण संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित तथा मृतक रहेका छन् । अमेरिकामा हालसमम ६८ हजार १ सय ९ जनाको ज्यान गइसकेको छ । भने ११ लाख ७४ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै आज मात्रै कोरोनाको कारण अमेरिकामा ६ सय ६५ जना मानिसले ज्यान गुमाएका छन् ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण हालसम्म २५ हजार २ सय ६४ जना मानिसको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै२ लाख ४७ हजार १ सय २२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अर्काे देश इटालीमा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ७४ जना मानिसको ज्यान गएको छ । भने यो समाचार तयार पार्दासम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख १० हजार नाघेको छ । त्यस्तै हालसम्म २८ हजार ८ सय ८४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै बेलायतमा कोरोनाको कारण हालसम्म २८ हजार ४ सय ४६ जनाको ज्यान गइसकेको छ । भने १ लाख ८६ हजार ५ सय ९९ जनामा संक्रमण देखिएको छ । त्यस्तै आज मात्र त्यहाँ कोरोनाको कारण ३ सय भन्दा बढीको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण १ हजार ३ सय ९१ जना मानिसको ज्यान गइसकेको र साढे ४२ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । भने आज मात्रै त्यहाँ कोरोनाको कारण ६८ जनाको ज्यान गइसकेको छ । भने बितेको २४ घण्टामा २ हजार ८ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया