काठमाडौं । भारतमा आइतबार कोरोना संक्रमित एकैदिन ५६४ जना थपिएका छन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४० हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म ४० हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १३२३ जनाको मृत्यु भएको छ ।
यस्तै १० हजार ८८६ जना भने निको भएका छन् ।
यो समाचार तयार पार्दा सम्म विश्वभर २ लाख ४५ हजार ५ सय ८४ जनाको मृत्यु भइसकेको छ भने ३५ लाख १४ हजार १ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै स्वास्थ्यलाभ गरी घर फर्कनेको संख्या ११ लाख ३३ हजार ४ सय ९६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया