भुटानमा जम्मा २ जनामा मात्र कोरोनाको एक्टिभ केस

काठमाडौं । सार्क मुलुक भुटानमा हाल दुई जनामा मात्र कोरोनाको एक्टिभ केस रहेको छ ।

हालसम्म भुटानमा ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा ५ जना निको भएर घर फर्किसकेकाले एक्टिभ केस २ जनामा सीमित भएको छ ।

यस्तै सार्क मुलुककै भारतमा ४० हजार बढीमा संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म ७५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । भने १६ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै उपचाररत सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?