ब्राजिलले पनि उछिन्यो चीनलाई, कोराना संक्रमण कुन देशमा कति ?

काठमाडौं । कोरोनाभाइरस उत्पत्तिको केन्द्रबिन्दु मानिएको चीनमा भन्दा कोरोनाभाइरसको संक्रमित ब्राजिलमा बढी देखिएको छ । ब्राजलिमा हालसम्म ९७ हजार १०० जनामा संक्रमण देखिँदा चीनमा ८२ हजार ८७७ जनामा देखिएको छ ।

यस्तै ब्राजिलमा ६ हजार ७६१ जनाको मृत्यु भएको छ ।चीनमा भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

चीनमा भन्दा ब्राजिलसहित इरान, टर्की रसिया, जर्मनी, फा्रान्स, युके, इटाली स्पेन र अमेरिकामा बढी मानवीय क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?