बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा पक्राउ

धनुषा । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-११ स्थितआनन्द ईन्टरप्राईजेज हार्डवयरका संचालक सोही ठाउँ बस्ने ४८ वर्षीय रामप्रताप साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेकोअवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विभिन्न ब्रान्डका ४९ बोरा सिमेन्टसहित साहलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?