नेपालमा थप १० जनामा कोरोना पुष्टि, संक्रमित ६९ पुगे

काठमाडौं । नेपालमा आइतवार १० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित ९ जना मध्ये ५ जना पुरुष र ४ महिला संक्रमित थपिएका हुन् । उनीहरुको उमेर ७ देखि ५८ वर्षसम्मका रहेका छन् । उनीहरु सबै नेपालगञ्जका हुन् ।

यस अघि आजै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालगञ्जका ९ जना संक्रमितलाई नेपालगञ्जस्थित अस्पताल लगिँदैछ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९पुगेको छ ।

यो पनि

कोरोना अपडेट: विश्वभर २ लाख ४४ हजारको मृत्यु, एकै दिन ५ हजार २०० को ज्यान गयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?