आज चट्याङ र असिना सहित वर्षाको सम्भावना, कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

काठमाडौं । हाल देशमा पश्चिमि वायुको प्रभाव ,स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडि भू-भागमा सामान्य बदली रहि बाँकि भू-भागमा आंशिक बदली रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ रअसिना सहित वर्षाको र पश्चिमी र पुर्वी तराईमा हावाहुरीको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २१ गते (आइतबार)

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २२ गते (सोमबार)

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पूर्वी तथा मध्य भू-भागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागमा केहि स्थानहरूमा मेघगर्जन र चट्याङ रअसिना सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २३ गते (मंगलबार)

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघगर्जन र चट्याङ रअसिना सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र पूर्वी भूभागका केहि स्थानहरुमा र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?