कोरोना निको भएर घर फर्केका युवक अस्वस्थ, उपचारका लागि वीरगञ्ज पठाईयो

काठमाडौं – कोरोना निको भएर स्वास्थ्यलाभ गरी घर फर्केका रौतहटका युवक फेरि बिरामी परेका छन् ।

उनलाई अस्पतालको टोली घरमा नै गएर एम्बुलेन्समार्फत् नारायणी अस्पताल ल्याई आइसोलेसन वार्डमा राखिएको छ ।

अस्पतालमा ल्याइसकेपछि शनिबार राति पुनः उनको थ्रोट स्वाबको नमूना संकलन गरिएको अस्पतालले जनाएको छ ।

२०७७ साल वैशाख १ गते कोरोना संक्रमण भएर नारायणी अस्पताल वीरगञ्जमा भर्ना भएका १९ वर्षीय ती युवक फेरि बिरामी परेका हुन् ।

चौथो र पाँचौं रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५‍‍ औं दिनमा डिस्चार्ज भएका ति युवकको अस्पतालबाट गएको टोलीले बुधबार मात्रै स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको थियो ।

यसपछि शनिबार उनलाई अस्पताल ल्याउनुमा फेरि संक्रमणको आशंका गरिएको छ । तर यसबारे पुष्टि भने भएको छैन ।

उनमा कोरोना संक्रमितमा देखिने कुनै पनि लक्षण देखिएको थिएन । १६ चैतमा भारतबाट नेपाल आएका रौतहटका उनीसँगै गत वैशाख १४ गते नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना पनि डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्समा घर गएका थिए ।

कोरोना निको भएर परिवार र आफन्तसँग बस्दै आएका युवकको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बेलुका उनलाई लिन स्वास्थ्यकर्मीको एक टोली रौतहट गएको थियो । गाडीमा आएको एउटा टोलीले उनलाई पुनः वीरगञ्ज लगेको स्थानीयले बताएका छन् ।

रौतहटका ति युवासँगै उपचारपछि कोरोनामुक्त भएका चार जना संक्रमित छपकैयाको मक्की जामे मस्जिदमा बसेका अरु ३ जना भारतीयको चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई मुस्लिम आयोगले जिम्मा लिनेगरी डिस्चार्ज गरिएको थियो । यसबारे थप विवरण आउन बाँकी छ ।

यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । तिमध्ये १६ जना निको भएर घर फर्केका छन् । बाँकी संक्रमितको विभिन्न अस्पतालमा राखेर उपचार भइरहेको छ ।

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु : 

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ ।गैरआवासीय नेपाली संघ ९एनआरएनए०, स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो ।

यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एकएक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा। सञ्जीव सापकोटाले जानकारी दिए।

डा। सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त भएको जनाइएको छ ।

उनका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा नुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टेलियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएन, कोडिभ– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

एनआरएले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा। हेमराज शर्माले बताए। उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ ।

यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन् ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको समाचार संस्था राससले जनाएको छ ।

तस्वीर : एजेन्सी

विश्वभर २ लाख ४४ हजार ७६१ जनाको मृत्यु
विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ४४ हजार ७६१ जनाको मृत्यु भएको छ भने ३४ लाख ८३ हजार ३४७ जनालाई संक्रमण भएको छ । त्यस्तै ११ लाख ८ हजार ८८६ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने विश्वमा ५० हजार ८५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१२ देशमा आफ्नो प्रकोप फैलाएको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अहिलेसम्म ६७ हजार ४४४ जनाको मृत्यु भएको छ भने ११ लाख ६० हजार ७७४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार १०० जनाको मृत्यु भईसकेको छ भने २ लाख ४५ हजार ५६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ७१० जनाको मृत्यु भएको छ भने २ लाख ९ हजार ३२८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा महामारीको प्रकोपबाट २८ हजार १३१ जनाको मृत्यु भएको छ भने १ लाख ८२ हजार २६० जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार ७६० जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजार ३९६जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ६ हजार ८१२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार ९६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टर्कीमा अहिलेसम्म महामारीबाट ३ हजार ३३६जनाको मृत्यु भईसकेको छ भने १ लाख २४ हजार ३७५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको प्रकोपबाट १ हजार २२२ जनाको मृत्यु भएको छ भने १ लाख २४ हजार ५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ६ हजार ७६१ जनाको मृत्यु भएको छ भने ९७ हजार १०० जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ११ जनाको मृत्यु भईसकेको छ भने आजै त्यहाँ ५४१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ६ हजार १५६जनाको मृत्यु भएको छ भने ९६ हजार ४४८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै चीनमा आज थप २ जनालाई संक्रमण भएको छ । यो सँगै चीनमा ८२ हजार ८७७ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा महामारीबाट ३ हजार ५६६ जनाको मृत्यु भएको छ भने ५६ हजार ७१४ जनालाई संक्रमण भएको छ । त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ७६५ जनाको मृत्यु भईसकेको छ भने ४९ हजार ५१७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसका कारण १ हजार २०० जनाले ज्यान गुमाएका छन् भने ४२ हजार ५३४ जनालाई संक्रमण भएको छ । त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ९८७ जनाको मृत्यु भईसकेको छ भने ४० हजार २३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ३२३ जनाको मृत्यु भएको छ भने ३९ हजार ६९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोनाको महामारीबाट १ हजार ७६२ जनाको मृत्यु भएको छ भने २९ हजार ८१७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इक्वेडरमा महामारीबाट १ हजार ३७१ जनाको मृत्यु भएको छ भने २७ हजार ४६४ जनालाई संक्रमण भएको छ । त्यस्तै केक्सिकोमा कोरोना भाइरसको महमारीबाट २ हजार ६१ जनाको मृत्यु भएको छ भने २२ हजार ८८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ८९ जनाको मृत्यु भएको हो भने आज नै त्यहाँ १ हजार ३४९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ६६९ जनाको मृत्यु भएको छ भने २२ हजार ८२ जनालाई संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा आज मात्रै १०९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म २ हजार ५३७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?