कश्मीर – उत्तरी कश्मीर हन्दवारामा शनिबार साँझ भएको भीडन्तमा दुई उच्च सैनिक अधिकृतसहित पाँच सुरक्षाकर्मीको निधन भएको छ ।
भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाईम्सको अनलाईन संस्करणले जनाएअनुसार भीडन्तमा परी एक जना कर्णेल, एक मेजरसहित लेस नायक, राईफलम्यान र पुलिस सब ईन्स्पेक्टर गरी पाँचजना सुरक्षाकर्मीको ज्यान गएको हो ।
भीडन्तमा कर्णेल आशुतोष शर्मा, मेजर अनुज तथा अन्य दुई सैनिकको मृत्यु भएको हो। त्यस्तै एक प्रहरी सवइन्स्पेक्टर साकिन ओजीको ज्यान गएको हो।
शनिबार दिउँसो ३ बजेबाट घण्टौँसम्म चलेको भीडन्तमा दुई आतंककारीको समेत मृत्यु भएको समाचारमा बताइएको छ ।
शनिबार साँझ हन्दवाराको चन्जमुला क्षेत्रमा भएको उक्त भीडन्तमा मृत्यु हुने सबैको शव त्यहाँबाट निकालिसकिएको छ ।
उत्तर कश्मीरको हण्डवारामा आतंककारीहरुलाई घरबाट बाहिर निकाल्ने अभियानको क्रममा यो अप्रेसन गरिएको थियो ।
झण्डै २१ घण्टापछि रोकिएको गोलीबारी पछि राष्ट्रिय राइफल्सका अफिसर २१ जना अफिसरहरु फसेका मानिसहरूलाई बाहिर निकाल्न घरमा प्रवेश गरेका थिए।
आतंककारीहरूको उपस्थितिको सूचना पाएपछि सेना र प्रहरीले त्यहाँ संयुक्त अभियान सुरु गरेपछि शनिबार दिउँसो उक्त मुठभेड सुरु भएको हो ।
सैनिक माण्डको फोर्स देखेपछि आतंककारीहरू एउटा घर भित्र लुकेको भारतिय सञ्चारमाध्यम ईन्डियाटुडेले लेखेको छ ।
प्राप्त जानकारी अनुसार घरभित्र फसेका नागरिकलाई उद्धार गर्ने क्रममा उक्त हताहती भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया