काठमाडौं । कोरोना भाइरसको महामारीबाट यसबेला विश्व ग्रस्त छ । महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ४४ हजार ७७८ जनाको मृत्यु भएको छ भने ३४ लाख ८४ हजार १७६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ११ लाख २१ हजार ५२४ जना उपचार पछि निको भएका छन् भने विश्वमा ५० हजार ८५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको महामारी झेलिरहेको अमेरिकामा यो समाचार तयार पार्दासम्म ६७ हजार ४४४ जनाको मृत्यु भएको छ भने ११ लाख ६० हजार ७७४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ४७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १ लाख ७३ हजार ७२५ जना निको भएका छन् ।
त्यस्तै अमेरिकामा अहिलेको अवस्थामा ९ लाख १९ हजार ६०५ जनामा संक्रमणको प्रकोप रहेको छ । अमेरिकाको न्युयोर्कमा २४ हजार ३६८ जनाको मृत्यु भएको छ भने ३ लाख १९ हजार २१३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा ७ हजार ७४२ जनाको मृत्यु भएको छ भने १ लाख २३ हजार ७१७ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शनिवार मात्रै २९ हजार ७४४ जना नयाँ संक्रमित थपिएका छन् भने शनिवार नै १ हजार ६९१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया