भारतमा एकैदिन १ सय जनाको मृत्यु, संक्रमित अहिलेसम्मकै धेरै

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ४४ हजार ७७८ जनाको मृत्यु भईसकेको छ भने ३४ लाख ८४ हजार १७६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ११ लाख २१ हजार ५२४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् । यसैबीच कोरोना भाइरसको महामारीका कारण छिमेकी देश भारतमा अहिलेसम्म १ हजार ३२३ जनाको मृत्यु भएको छ भने ३९ हजार ६९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै भारतमा शनिवार मात्रै २ हजार ४४२ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा एकैदिन थपिएका संक्रमितको संख्यामा यो आजसम्मकै धेरै हो ।

शुक्रवार भारतमा २ हजार ३९४ जना नयाँ संक्रमित थपिएका थिए । त्यस्तै भारतमा शनिवार १०० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?