कोरोना अपडेट : विश्वमा २ लाख ४४ हजार भन्दा धेरैको मृत्यु, संक्रमित ५० हजारको अवस्था गम्भीर

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ४४ हजार ७६१ जनाको मृत्यु भएको छ भने ३४ लाख ८३ हजार ३४७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ११ लाख ८ हजार ८८६ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने विश्वमा ५० हजार ८५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१२ देशमा आफ्नो प्रकोप फैलाएको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अहिलेसम्म ६७ हजार ४४४ जनाको मृत्यु भएको छ भने ११ लाख ६० हजार ७७४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार १०० जनाको मृत्यु भईसकेको छ भने २ लाख ४५ हजार ५६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ७१० जनाको मृत्यु भएको छ भने २ लाख ९ हजार ३२८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा महामारीको प्रकोपबाट २८ हजार १३१ जनाको मृत्यु भएको छ भने १ लाख ८२ हजार २६० जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार ७६० जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजार ३९६जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ६ हजार ८१२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार ९६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टर्कीमा अहिलेसम्म महामारीबाट ३ हजार ३३६जनाको मृत्यु भईसकेको छ भने १ लाख २४ हजार ३७५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको प्रकोपबाट १ हजार २२२ जनाको मृत्यु भएको छ भने १ लाख २४ हजार ५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ६ हजार ७६१ जनाको मृत्यु भएको छ भने ९७ हजार १०० जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ११ जनाको मृत्यु भईसकेको छ भने आजै त्यहाँ ५४१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ६ हजार १५६जनाको मृत्यु भएको छ भने ९६ हजार ४४८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै चीनमा आज थप २ जनालाई संक्रमण भएको छ । यो सँगै चीनमा ८२ हजार ८७७ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा महामारीबाट ३ हजार ५६६ जनाको मृत्यु भएको छ भने ५६ हजार ७१४ जनालाई संक्रमण भएको छ । त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ७६५ जनाको मृत्यु भईसकेको छ भने ४९ हजार ५१७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसका कारण १ हजार २०० जनाले ज्यान गुमाएका छन् भने ४२ हजार ५३४ जनालाई संक्रमण भएको छ । त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ९८७ जनाको मृत्यु भईसकेको छ भने ४० हजार २३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ३२३ जनाको मृत्यु भएको छ भने ३९ हजार ६९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोनाको महामारीबाट १ हजार ७६२ जनाको मृत्यु भएको छ भने २९ हजार ८१७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इक्वेडरमा महामारीबाट १ हजार ३७१ जनाको मृत्यु भएको छ भने २७ हजार ४६४ जनालाई संक्रमण भएको छ । त्यस्तै केक्सिकोमा कोरोना भाइरसको महमारीबाट २ हजार ६१ जनाको मृत्यु भएको छ भने २२ हजार ८८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ८९ जनाको मृत्यु भएको हो भने आज नै त्यहाँ १ हजार ३४९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ६६९ जनाको मृत्यु भएको छ भने २२ हजार ८२ जनालाई संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा आज मात्रै १०९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म २ हजार ५३७ जना नयाँ संक्रमित थपिएक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?