काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर २ लाख ४२ हजार ९ सय ९६ जना मानिसको ज्यान गइसकेको छ । भने विश्वभर यो समाचार तयार पार्दासम्म ३४ लाख ५१ हजार ३३ जना मानिस कोरोना संक्रमणको शिकार भइसकेका छन् । त्यस्तै ती मध्ये ५० हजार ९ सय ३४ को अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ हजार ५ सय ४८ जनाको ज्यान गएको तथा ५२ हजार ९ सय ३९ जना थप मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।
विश्वमा हाल अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित तथा मृतकको संख्या रहेको छ । जहाँ ११ लाख ४२ हजार ७ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म ६६ हजार ६ सय २१ जना कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
त्यस्तै स्पेनमा हालसम्म २ लाख ४५ हजार ५ सय ६७ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने यो समाचार तयार पार्दासम्म कोरोनाको कारण २५ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
त्यस्तै इटालीमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म २८ हजार ७ सय १० जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । भने हालसम्म त्यहाँ २ लाख ९ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय ७४ जनाको ज्यान गइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा बितेको २४ घण्टामा ६ सय २१ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म १ लाख ८२ हजार २ सय ६० जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।
त्यस्तै जर्मनीमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ६ हजार ७ सय ३६ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म १ लाख ६४ हजार ४ सय ७८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै छिमेकी देश भारतमा भने बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् । भने हालसम्म त्यहाँ कोरोनाको कारण १ हजार २ सय २३ जना मानिसको ज्यान गइसकेको छ । भने ३७ हजार ७ सय ७६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै इरानमा हालसम्म कोरोनाको कारण ६ हजार १ सय ५६ जना मानिसको ज्यान गएको छ । भने ९६ हजार ४ सय ४८ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । भने त्यहाँ आजमात्रै कोरोनाको कारण ६५ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६ हजार ४ सय ३४ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म ९२ हजार ६ सय ३० जना मानिसमा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै क्यानडामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय ६० पुगेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण त्यहाँ १ सय ६९ जनाको ज्यान गएको छ । भने यो समाचार तयार पार्दासम्म ५६ हजार ५ सय ८० जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।
विश्वका सबै देशमा यतिबेला कोरोना महामारी फैलिएको छ । तर विश्वको केही देशहरुमा भने बितेको २४ घण्टामा कोरोना संक्रमण देखिएको छैन् ।
फ्रान्समा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । त्यहाँ हालसम्म कोरोना भाइरसको कारण हालसम्म २४ हजार ५ सय ९४ जना मानिसको ज्यान गइसकेको छ । भने १ लाख ६७ हजार ३ सय ४६ जना कोरोना संक्रमणको शिकार भइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै अर्को देश पेरुमा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । जहाँ हालसम्म कोरोनाको कारण १ हजार भन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ । भने हालसम्म ४० हजार ४ सय ५९ जना कोरोना संक्रमणको शिकार भएका छन् ।
त्यस्तै आयरल्याण्डमा पनि बितेको २४ घण्टामा कोरोनाको कुनै असर देखिएको छैन् । त्यहाँ हालसम्म २० हजार ८ सय ३३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म कोरोनाको कारण १ हजार २ सय ६५ जनाको ज्यान गइसकेको छ ।
त्यस्तै जापानमा हालसम्म कोरोनाको कारण ४ सय ५५ जना मानिसको ज्यान गइसकेको छ । भने १४ हजार ३ सय ५ जना मानिसमा कोरोना संक्रमणको असर देखिएको छ । तर बितेको २४ घण्टामा जापानमा कुनै पनि मानिसमा थप कोरोना संक्रमण देखिएको छैन् । भने कसैको पनि कोरोनाको कारण ज्यान नगएको तथ्यांकले देखाएको छ ।
त्यस्तै युएईमा पनि बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । तर त्यहाँ हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय ११ पुगेको छ भने त्यँहा १३ हजार ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया