काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्र रहेका ९ सदस्यमध्ये चुनाव हारेका एकमात्र पात्र बामदेव गौतम ।
उनै बामदेवलाई सदनमा ल्याउने बहस नेकपाभित्र चलेको २ वर्ष कटिसकेको छ । जहिलेपनि उधारो आश्वासनमा बामदेव बस्न बाध्य छन् । अझ केही महिनाअघि मन्त्रीपरिषद्बाट मनोनित गरेर बामदेवलाई राष्ट्रियसभामा सहभागी गराउने विषयले पनि ठूलो चर्चामात्र पाएन ।
प्रधानमन्त्री ओलीलाई अर्थमन्त्री युवराज खतिवडालाई पुन नदोहो-याएर बामदेवलाई मनोनित गर्न नेकपा सचिवालय र स्थायी समितिले प्रधानमन्त्री ओलीलाई निर्देशन दिएको थियो । तर प्रधानमन्त्री ओलीले सो निर्णयलाई वेवास्था नै गरिरहेका थिए ।
यसैबीचमा गत बैशाख ८ गते मन्त्रिपरिषद्बाट दुई अध्यादेश राष्ट्रपतिसमक्ष जारी गर्न सिफारिस भएसँगै नेकपा विवाद उत्कर्षमा पुग्यो । प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएपनि नेकपाभित्रको विवाद प्रधानमन्त्री र पाटी अध्यक्षबाट नै केपी शर्मा ओलीको राजिनामा माग समेतको अवस्थामा पुग्यो । तर पछिल्ला दिनहरुमा नेकपाभित्रको विवाद समाधानको अस्त्र बनेको छ, वामदेव गौतम प्रधानमन्त्री बन्ने चर्चा ।
गत वैशाख १७ गते बसेको सचिवालको बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरे । माधव नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्विकार गरेपनि बामदेव भने प्रधानमन्त्रीको सो प्रस्तावपछि प्रधानमन्त्री बन्ने सबैधानिक आधार खोज्नेतर्फ लागेको देखिन्छ ।
शनिबार बसेको नेकपा सचिवालयको बैठकले राष्टियसभामा बामदेवलाई मनोनित गरेर ल्याउँदा पनि प्रधानमन्त्री बनाउने संबैधानिक आधार नरहेको भन्दै बामदेवलाई उपयुक्त स्थानमा प्रतिनिधिसभाको उम्मेद्वार बनाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
यसअघिपनि बामदेवलाई कहिले डोल्पाबाट , कहिले पर्साबाट, कहिले काठमाडौँबाट त कहिले कास्कीबाट चुनावमा उठाएर संसदमा जिताउने चर्चा चल्यो तर चर्चा चर्चामा नै सिमित रह्यो । यसपटकपनि यो चर्चामात्र रहन्छ की चुनाव गराउने वातावरण कम्तिमा बन्छ, आगामी दिनमा देखिनेछ ।
तर बामदेवलाई प्रनिधिसभाको ललिपपले अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रयसभामा पुन मनोनित गरि अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्रीको चाहना पुरा हुने भएको छ ।
यसअघि लोकपथमा प्रकाशित :
नेकपा सचिवालय बैठक सकियो, के भयो निर्णय ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया