काठमाडौं । हालसम्म साउदी अरबमा कोरोनाको कारण १७६ जना मानिसको ज्यान गइसकेको छ । भने २५ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म १४ हजार ८ सय ७२ जना मानिसमा कोरोना संक्रमण देखिएको र १२ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र ७ सय ७६ जनामा थप कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अर्को खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ३३ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ४ हजार ६ सय १९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये १ हजार ७०३ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै अर्को खाडी मुलुक युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म १११ जना मानिसको ज्यान गइसकेको छ, भने १३ हजार ३ हजार ३८ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ४२ हजार २ सय २६ जना मानिसको मृत्यु भइसकेको छ । भने ३४ लाख ४४ हजार ८ सय २० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ११ लाख २ हजार १ सय २७ जना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया