कोरोनाको अत्याधिक प्रकोप रहेको युरोपको अवस्था कस्तो छ ?

काठमाडौं । कोरोनाको त्रास हाल विश्वभर छ । चीनको वुहान सहरबाट शुरु भएको कोरोना संक्रमण हालसम्म विश्वको २१२ देशमा फैलिसकेको छ । पछिल्लो समय कोरोना भाइरसले युरोपका मुख्य देशहरुमा भयाावह मच्चाएको छ ।

यो समाचार तयार पार्दासम्म इटालीमा २ लाख ७ हजार ४ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ भने २८ हजार ३ सय २६ जनाको कोरोनाका कारण ज्यान गएको छ । आज इटालीमा नयाँ कोरोना संक्रमित र मृतक थपिएका छैनन् ।

त्यस्तै स्पेनमा कोरोनाका कारण २५ हजार १ सय जनाको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजार ५ सय ६७ जनमा कोरोना संक्रमण देखिएको छ । स्पेनमा आजमात्रै २ हजार ५ सय ८८ जनमा कोरोना संक्रमण देखिएको छ । आजमात्रै कोरोनाको कारण स्पेनमा २ सय ७६ जनाको मृत्यु भएको छ ।

त्यस्तै रुसमा आज मात्रै कोरोना संक्रमितको संख्या ९ हजार ६ सय २३ रहेको छ भने, हालसम्म कोरोनाको कारण १ हजार २ सय २२ जनाको मृत्यु भएको छ । रुसमा कोरोना संक्रमितको संख्या १ लाख २४ हजार ५४ जना रहेको छ ।

फ्रान्समा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ हजार ५ सय ९४ रहेको छ भने हालसम्म १ लाख ६७ हजार १ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै नर्वेमा कोरोना कारण ज्यान गुमाउनेको संख्या २ सय १० पुगेको छ भने ७ हजार ७ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर २ लाख ४० हजार ४ सय ८८ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण ३४ लाख २६ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य लाभ पछि घर फर्कनेको संख्या १० लाख ९३ हजार ९ सय ५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?