अमेरिकामा ६५ हजार ७ सय बढीले कोरोनासँग हारे, एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु

काठमाडौं – कोरोना महामारीका कारण विश्व आक्रान्त छ । भाइरसको संक्रमण सुरु भएको पूरा ४ महिना बितिसक्दा पनि यसविरुद्धको भाइरस पत्ता नलागेका कारण मानिसहरुमा अझ बढी संन्त्रास छाएको छ । यसैबीच अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको समाचार बाहिरिएको छ ।

उनीहरु सवैको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुलाई उदृद गर्दै अंग्रेजी सञ्चारमाध्यम दि गार्जियनले जनाएको छ । एउटै नर्सिङ होममा यतीठूलो मानवीय क्षति भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भएको ति सञ्चारमाध्यमले लेखेका छन् । मृतकमध्ये १३ जनाको शुक्रबार मात्रै मृत्यु भएको नर्सिङ होमद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

“यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,” न्युयोर्कका मेयर बिल डे ब्लासियोको भनाई कोड गर्दै ति मिडियाले “भयकंर” क्षति भएको जनाएका छन् ।

एसोसिएटेड प्रेसले त्यहाँका मेयर बिल डे ब्लासियोलाई उदृद गर्दै भनेको छ, यो एकदम भयावह छ, यति धेरै मानिसहरु एक ठाउँमा गुमाएको कल्पना गर्नु असम्भव छ।

त्यहाँ शवहरूको संख्या यति ठूलो भयो की रेफ्रिजेरेटर ट्रकलाई शवहरुको भण्डार गर्न आदेश दिइएको छ ।

नर्सिङ होममा मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले उनीहरुको शवको अहिले यत्तिकै राखिएको छ ।

अमेरिकाको न्युयोर्कलाई कोरोनाभाइरसको केन्द्र विन्दु मानिएको छ । कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्याधिक धेरै रहेको छ ।

अमेरिका अहिले कोरोना भाइरसका कारण सवैभन्दा धेरै मानवीय क्षति हुने र संक्रमित हुने देशको सवैभन्दा अग्रस्थानमा पर्दछ । त्यसैले यो खतरनाक मृत्युदरलाई अमेरिकाको खराब प्रकोप हो भनिएको छ ।

आज (शनिबार) यो समाचार तयार पार्दासम्मको विवरण अनुसार अमेरिकामा कुल ६५ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ भने ११ लाख ३२ हजार ३८ जना मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ । त्यहाँ हालसम्म एक लाख ६१ हजार ६६६ जना मानिस संक्रमणमुक्त भइसकेका छन् ।

प्राप्त विवरणअनुसार अमेरिकामा १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?