लकडाउन प्रभावित १० लाख परिवारले पाए राहत

बन्दाबन्दीबाट प्रभावित देशभर असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहाय गरी १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

शुक्रबारसम्म सातवटै प्रदेशमा १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले एक महिनाअघि बन्दाबन्दीबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक र मजदुरलाई राहत सामग्री वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा मन्त्रालयले राहत वितरणका लागि नमुना मापदण्ड जारी गरी ७५३ वटै स्थानीय तहलाई पठाएको थियो । गोरखापत्रमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?