राष्ट्रिय परीक्षा बोर्ड बैठकले एसइई र कक्षा १२ का विद्यार्थीलाई घरपायक पर्ने गरी उपकेन्द्र कायम गर्न जिल्ला परीक्षा समन्वय केन्द्रलाई परिपत्र गरेको छ ।
लकडाउन खुलेर सामान्य परिस्थिति भएपछि लिइने परीक्षामा विद्यार्थीबीचको दूरी कम्तीमा एक मिटर फरक हुनुपर्ने र एउटा उपकेन्द्रमा ५० विद्यार्थी रहने गरी परीक्षा उपकेन्द्र कायम गर्न बोर्डले परिपत्र गरेको हो ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बोर्डको निर्णयअनुसार परीक्षा केन्द्रमार्फत बिहीबार सबै जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरिसकेको बताए ।
सामाजिक दूरी कायम राख्न र विद्यार्थीलाई घरपायक बनाउन परीक्षाको उपकेन्द्र कायम गर्न परिपत्र गरेको उनको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया