नेपालमा कोरोना संक्रमित अधिकांश युवा

विश्वमा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण ५० वर्षमाथिका वृद्धवृद्धामा बढी भएको तथ्यांक आइरहेका वेला नेपालमा भने अधिकांश संक्रमित युवा छन् ।

शुक्रबार रुपन्देही र नेपालगन्जमा थपिएका दुईजनासँगै संक्रमण पुष्टि भएका ५९ जनामध्ये अधिकांश २१ देखि ३० वर्ष उमेर समूहका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तथ्यांकअनुसार नेपालमा ५० वर्षमुनिका ४६ जना अर्थात् ७८ प्रतिशत संक्रमित छन् ।
५० वर्षमाथिका जम्मा १३ अर्थात् २२ प्रतिशत मात्रै छन् । सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका १५ जना
छन् । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?