नेकपा सचिवालय बैठकमा गत बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि पार्टी उपाध्यक्ष वामदेव गौतम ‘सपनामा पनि नसोचेको’ प्रस्ताव आएको भन्दै फुरुङ्ग परे । तर, प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए ।
संवैधानिक र प्राविधिक दुई कारणले तत्कालका लागि असम्भवजस्तौ देखिएको उक्त प्रस्तावबाट समेत गौतम हौसिएको देखेर अर्का अध्यक्ष प्रचण्ड चुपचाप रहन सकेनन् । तत्काल भनिहाले, ‘वामदेवजीलाई एमालेमा भकुण्डोजस्तो यता र उता कसरी गराइँदोरै’छ बल्ल बुझ्दैछु ।’प्रचण्डले भनेझैं पार्टी गुटबन्दीको गणितमा पहिले एमालेमा हुँदा र अहिले नेकपामा भइसकेपछि पनि गौतम यता र उता हुत्तिएका छन् । ओलीको अचानकको प्रस्तावले प्रधानमन्त्रीका रुपमा सिंहदरबारको ढोका खुल्छ कि भन्ने अपेक्षाले गौतम स्वाभाविक रुपमा उत्साहित छन् तर उक्त प्रस्ताव गम्भीर रुपमा आएको हो या भइरहेको राजनीतिक बहस मोड्न मात्रै ? उनी अझै अन्योलमा रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया