काठमाडौं । एसियाली मुलुकहरुमध्ये सबैभन्दा बढी कोरोनाको संक्रमण टर्कीमा देखिएको छ । टर्कीमा हालसम्म १ लाख २२ हजार जनामा कोरोनाको संक्रमण देखिँदा ३ हजार २५८ जनाको मृत्यु भएको छ ।
यस्तै आजमात्रै २ हजार १८८ जनामा नयाँ संक्रमण देखिँदा थप ८४ जनाको मृत्यु पनि भएको छ ।
टर्कीपछि इरानमा ६ हजार ९१ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा एकैदिन शुक्रबार कोरोनाका १८० बिरामी थपिएका छन् । योसहित भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार ४३ जना पुगेको छ । हालसम्म भारतमा कोरोनाबाट ११ सय ५४ जनाको मृत्यु हुँदा बितको २४ घण्टामा भने कसैको मृत्यु भएको छैन ।
हालसम्म भारतमा ९ हजार ६८ जना निको हुँदा अहिले पनि साढे २५ हजारको उपचार भइरहेको छ । जसमा ६५१ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसको कारण हालसम्म विश्वभर २ लाख ३६ हजार ९ सय ८६ जनाको ज्यान गइसकेको छ । भने ३३ लाख ५६ हजार २ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । साथै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या १० लाख ६७ हजार ६ सय ७० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया