अफ्रिकामा सशस्त्र समूहबीचको भिडन्तमा ५० भन्दा बढीको मृत्यु

काठमाडौं । दुई ओटा सशस्त्र समूहका बीचमा भएको भिडन्तका क्रममा मध्य अफ्रिकामा ५० भन्दा बढीको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा बुधबार भिडन्त भएको स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार जनाएका छन् ।

दुई पक्षीय भिडन्त एनडेलको मध्य बजारमै भएको थियो । भिडन्तपछि घटनास्थलमा ५३ शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये २५ जना आम नागरिक र अरु २८ जना सशस्त्र विद्रोहीका लडाकु रहेको उनीहरुको भनाइ छ ।

दुई पक्षका बीचमा किन भिडन्त भएको थियो भन्ने कुरा अहिलेसम्म पनि अज्ञात नै रहेको समाचारमा जनाइएको छ ।  यस क्षेत्रमा यसअघि पनि अन्तजातीय द्वन्द्व बेला बेलामा हुने गरेको थियो । विषेश गरेर गौला र रौङ्गा समूहका बीचमा भिडन्त हुने गरेको हो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?