काठमाडौं – प्रधानमन्त्री केपी ओलीका निकटले एक सांसदलाई धम्की दिएको खुलेको छ । नेकपाभित्र विवाद चर्किरहेको बेला धम्की दिएको विषय बाहिरिएको हो ।
अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली पक्षले चलाइरहेको हस्ताक्षर अभियानमा सामेल नहुने सांसदहरुलाई ओलीका निकटस्थले धम्की दिएको हो।
शुक्रबार राष्ट्रिय सभा सदस्य शारदा भट्टलाई नेकपा नेतृ गौरी ओलीले धम्की दिएकी हुन् ।
भट्टले प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गर्न नमानेपछि गौरीले ‘तपाई प्रधानमन्त्रीसँग टक्कर लिने ? धेरै बहानाबाजी नर्गनुस्, तुरुन्त वालुवाटार आएर हस्ताक्षर गर्नुस्’ नत्र तपाई नराम्रोसँग फस्नसक्नुहुन्छ।’ भन्दै धम्क्याकी थिइन् ।
भट्ट नेकपाकी सांसद मात्र नभएर कैलालीकी पुरानो कार्यकर्ता समेत हुन् । भट्टले प्रधानमन्त्रीका मान्छेबाट आफूलाई धम्की आएको पुष्टि गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया