–विपुल अधिकारी, पाँचथर – प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजाना मन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले कृषि क्षेत्रमा विशेष राहतको घोषणा गर्ने बताएका छन् । कोरानाको विषयमा अनुगमनका लागि गृह जिल्ला पाँचथर आएका मन्त्री आङ्बाले पत्रकार भेटघाट कार्यक्रममा त्यस्तो बताएका हुन् ।
विश्वलाई नै अस्तव्यस्त बनाएको कोरोना भाइररस (कोभिड १९)का कारण कृषि क्षेत्रमा समेत असर परेकोले कृषि क्षेत्रमा विशेष राहत प्याकेजको घोषणा गर्ने उनको भनाई छ ।
उक्त विषयमा कृषि राज्यमन्त्रीको संयोजनमा अध्ययन कार्यदल गठन गरी अध्ययन भइरहेको आङ्बाले बताए । उक्त कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा विशेष राहत प्याकेजको घोषणा गर्ने उनको भनाई छ । कृषि क्षेत्रको व्यवसाय नै सकिने अवस्था भएकोले कृषिमा आश्रित साना तथा मझौला व्यवसायिका लागि उक्त राहतप्याकेज ल्याउन लागिएको उनको भनाई छ ।
उनले कोरोनाका कारण पर्यटन क्षेत्रमापनि ठुलो असर परेकाले उक्त क्षेत्रमा समेत राहतप्याकेजको घोषणा गर्ने बताएका छन् । उनले अबको बजेटमा कृषि र रोजगारी गुमाएकाहरुलाई विशेष प्राथमिता दिइने समेत बताए ।
उनले लकडाउनका कारण हरेका क्षेत्रको अर्थतन्त्रमा गम्भिर असर परेकोले कृषि क्षेत्रलाई केहि खुकुलो बनाउने बताए । बाली उठाउने र बाली लगाउने समय भएकाले कृषि जन्य गतिविधिलाई खुकुलो बनाइने बताए । त्यस्तै उनले सरकारका महत्वपुर्ण आयोजनालाई सञ्चालन गर्ने बताएका छन् ।
स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको प्रयोग गरेर स्थानीय मजदुर र स्थानीय स्रोत साधनलाई प्रयोग महत्वपुर्ण विकासका आयोजनालाई निरन्तरता दिने उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया